साचो प्रेम

जब पहिलो पल्ट देखेकी थिए;
जुन दिन उसलाई भेटेकी थिए,
न त हावा चलेको थियो,
न त कपाल उडेको थियो,
न मैले गुनगुनाएको थिए,
न मनमनै गितार बजाएको थिए।
बस् दिल धड्केको थियो
अलि तेज गतिमा
अलि द्रुत गतिमा

प्रेममा पराकाष्ठा चहिएको थिएन मलाई
न त महानता नै
ससाना खुसिया
अनि आफ्नै दुनिया
साधारण सपना
बस् यहि त थियो चाहना।

रोमियो जुलियट को जस्तो
मुना मदन को जस्तो
हाम्रो प्रेम त्यस्तो खास पनि थिएन
खास थिएन भन्दैमा
समय, श्रोत र उर्जाको नास पनि थिएन।

बस् हामिले त माया गरेको थियौ
एकअर्काको भर परेका थियौ
साचो प्रेम गरेका थियौ;
महान प्रेम गरेको भन्न चाहन्न म
तर झुटो भन्ने आरोप सहन्न म।

कलम र मसी जस्तै
सागर र माछा जस्तै
बादल र थोपा  जस्तै
हाम्रो सम्बन्ध थियो यस्तै यस्तै
हो.. सम्भव छ एकअर्का बिना
तर अस्तित्व छैन एकअर्का बिना

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s