जन्मदिनमा प्रेम पत्र

 

18446740_959646454172817_5051762169286945240_n
म जन्मदिन धुमधाम मनाउने मान्छे होइन किनकि आजको दिन हिजोभन्दा फरक छैन। मेरा विचारहरु, भावनाहरु, सफलता र असफलताहरु उस्तै छन् हिजोजस्तै। हुन त यी सबै जन्म र आजसम्मका उपलब्धि या भनौ गतिबिधिहरु हुन्। यद्यपि हिजोभन्दा आज आफुलाई असल बनाउने क्रम जारी छ। अनि मलाई लाग्छ किन जन्मदिन एकदिन मात्रै celebrate गर्ने? म चाहन्छु हरेक दिन celebrate गर्न सकु र सदा प्रयास रहनेछ।
जिन्दगीको पहिलो बिसाले हात हल्लाउँदै बिदा माग्दै गर्दा हिजोका दिनहरु सम्झिए, किन किन बासी सपनाहरूको पेरिफेरिमा घुमेजस्तै लाग्यो। तर विश्वास छ आउने दिनहरुमा सारा सपनाहरु पूरा हुनेछन् र पुरा गर्ने प्रयास जारी छ अनि जिन्दगीले स्याबासीस्वरुप सफलता थमाइदिनेछ… र मैले सदासदाका लागि आफ्नै साथ राख्नेछु।
सबैले जस्तै मैले पनि ठुलाठुला सपना साचेँ र साकार पार्नका लागि plan बनाएपनि, तर जब आफ्नो सम्पुर्ण क्षमता जोडबल लगाउनु पर्थ्यो मैले सायद खुट्टा कमाए काध दरो बनाइन र त जिन्दगी आज दोधारमा छ। तर आज म उभिएको धरातलबाट हेर्दा लाग्छ, यो समय बाहना खोज्ने होइन र आफ्नै advice मान्ने बेला भएको छ। ती सारा सपना पुरा गर्ने समय आएको छ। यसो भनिरहदा मेरो दिमागमा आफैलाई प्रेम पत्र लेख्न मन लाग्यो। हुन त आजका दिन सम्म म जे छु, जस्तो छु त्यस्तै मन पराउने, माया गर्ने, प्रेम गर्ने प्रियमनहरुको साथ हरदम छ। हरेक बर्ष झै यो जन्मदिनमा पनि आमाबुबा, भगवान, परिवार, आफन्तजन र साथिभाईलाई धन्यवाद दिन मन लाग्यो हरेक साथ सहयोगका लागि। हुन त म हरेक दिनका लागि उहाँहरु प्रती आभारी छु।
प्रिय अर्पु,
आउने बर्षहरुमा तिमी केही बन्नू अनि केही नबन्नु पनि। तिमी जे छौ, जस्तो चाहन्छौ, जे तिम्रो हितमा छ अनि आज भन्दा असल बन्नु अनि अरुले चाहेको जसले तिमी र तिम्रो समाज लाई हानी गर्छ त्यो कहिल्यै नबन्नु। आगामी दिनहरुमा चमत्कारीपुर्ण सकारात्मक परिवर्तनहरु ल्याई जीवन अझै सफल, सक्षम र सबल बनाउने प्रयत्न गरि रहनु।
याद गर्नु तिमिले यहि त हो सहि समय डरको डट्कर सामाना गर्ने साहस जुटाउने, अनि डरलाई तिम्रो दिलोदिमाग बाट हटाउने, कार्यहरु गर्ने अनि माथी उठ्ने, अन्यायका विरुद्ध लड्ने, सम्बन्धहरु सुमधुर बनाउने, सम्भावनाहरु लाई सफलतामा बदल्ने अनि यहि त हो दोस्रो मौका हरेक असफलताहरु लाई सफलतामा बदल्ने, हरेक नकरात्मक, नकारात्मक ब्यक्तिहरु अनि नकारात्मक mindset(दिमाग) लाई टाढा भगाउने। जन्मदिनको अरबौ शुभकामना तिमिलाई। हिजोको भन्दा बढी र भोलिको भन्दा कम खुशी, सुख, शान्ति,समृद्धिले जिन्दगी भरपुर होस्। धेरैै धेरै माया छ तिमिलाई।
उहीँ तिमी
अर्को प्रेम पत्र(प्रियमनहरुको लागी) ले डायरीमा नै सिमित हुने निर्णय गर्यो। अन्तिम सम्मै धैर्य गरेर पढ्नु हुने सबैमा धन्यवाद।

2 thoughts on “जन्मदिनमा प्रेम पत्र

Leave a comment